Sunday, May 23, 2010
Friday, May 7, 2010
पारिजातले कसरी लेख्नुहुन्थ्यो ?
'दिदीको लेखहरुमा भएका पात्रहरु मलाई प्रय सबै थाहा छ ।' पारिजातकी बहिनी सुकन्याले आफ्नो दिदीको लेखनअनुभव सुनाउँदै भन्नुभयो । उहाँले थप्दै जानुभयो 'दिदीकोमा थुप्रै साथीहरु आएर लेखनबारे छलफल गर्थे म आफ्नो काममा विहान ९ बजे हिँड्थेँ राति ९ बजे फिर्थेँ । तर दिदीले कथा उपन्यास लेख्नलाई छानेको वस्तविक पात्रको कुरा सुत्नेबेला सुनाउनुहुन्थ्यो । त्यसैलाई पत्र बनाउनुहुन्थ्यो । ती वास्तविक पत्रलाई सुहाउँने नाम जुराएपछि सुकन हेर मैले फल्ना नाम जुराएँ' भन्दै सुनाउनुहुन्थ्यो । पात्रको काल्पनिक नाम पनि राम्रोराम्रो जुराउनुहुन्थ्यो ।
पात्रहरुको चरित्रले कृतिलाई जीवन्त बनाउँछ । पारिजातका कृतिहरु सुन्दर हुनुका प्रमुख कारणहमध्ये पात्रहरुको चयन तथा समायोजन पनि हो । पारिजातको निधन भएको १६ वर्ष भइसक्यो । उनका कृतिहरु त्यतिकै रोचक र सान्दर्भिक छन् । नेपाली महिलासाहित्यकारहरुको लाममा पारिजात अहिलेसम्म पनि निकै अगाडि हुनुहुन्छ । यो बीचको खाडल पुर्न नेपाली महिला साहित्यकार मात्र होइन समग्र नेपाली साहित्यमा पनि धेरैले निकै तपस्या गर्नु पर्दछ । आखिर परिजात नै कसरी त्यस्ता आदर्श लेखिका बन्न सफल हुनुभयो सुकन्या पारिवारिक स्मरण यसरी सुनाउनुहुन्छ, 'खोई बुबा पनि यसको लेख्ने कुरा चाही पाइरासी नै हो भन्नुहुन्थ्यो हाम्रो परिवारमा लेखक चाहीँ कोही थिएनन् ।'
पारिजातमा लेखनप्रभाब कसरी पर्यो तँ लेखक तँ डाक्टर तँ वकिल भनेर जन्मजात पाइरासी कसैको हुँदैन । को के बन्ने भन्ने कुरामा वातावरणको प्रमुख भूमिका हुन्छ । सुकन्याले परिवारमा लेखक कोही थिएन भन्नुभए पनि पारिजातको लेखन प्रभाब भने परिवार नै हो । सुकन्याकै अनुसार परिवारमा अध्ययनको राम्रो वातावरण थियो । बुबा केएस वाइवा पनि खुब अध्ययनशील हुनुहुन्थ्यो । बुबाले राम्राराम्रा कथाहरु सुनाउनुहुन्थ्यो । दाजु पि्रयकुमार वाइवा पनि निकै आध्यनशील हुनुहुन्थ्यो । उहाँले बाहिरको पुस्तकहरु ल्याइरहनुहुन्थ्यो । दिदीले यी पुस्तकहरु चोरीचोरी पढ्नुहुन्थ्यो । दिदी सानैदेखि अध्यनशील स्वभाबको हुनुहुन्थ्यो । पाठ्यपुस्तक कम पढ्नुहुन्थ्यो । बाहिरको पुस्तक खोजीखोजी पढ्नुहुन्थ्यो । पुस्तकहरुको बारेमा घरमा कति धेरै छलफल हुन्थ्यो भन्दै सुकन्या सुनाउनुहुन्छ ।
त्यतिबेला दार्जिलिङको टोलटोलमा हाते पत्रिका निस्कन्थ्यो । हातैले राम्रो अक्षेरमा लेखिएको हुन्थ्यो । हाम्रो टोलमा पनि त्यस्तै हाते पुस्तक निकाल्न थालियो । त्यसमा लेखहरु खोज्ने अनि कति त दिदीआफैले पनि लेख्नुहुन्थ्यो । केटाकेटीमा पनि राम्रै लेख्नुहुन्थ्यो । स्कुलमा पनि राम्राराम्रा निबन्ध लेखेको थाहा भएको पारिजातको बल्यकाल सुकन्याले सुनाउनुभयो ।
लेखको निम्ति श्रोतहरु पनि त चाहिन्छ । अध्ययनका साथ घुमफिर पनि त आवश्यक छ पारिजात शारीरिक रुपमा कम्जोर हुनुहुन्थ्यो । विभिन्न ठाउँको बारेमा कसरी लेख्न सक्नुभयो भनेर जिज्ञासा पोख्दा सुकन्याले ुआ …यति घुम्न रुचाउनुहुन्थ्यो स्कुल विदा हुनासाथ रोटी पोलेर थर्मसमा चिया हालेर साथीहरु बटुलेर सुइया पिक्निक गइहाल्नुहुन्थ्योु भन्दै फूलबारी जङ्लजङगल घुमेको कुरा बताउनुभयॊ । पानी परेर उघि्रएको रात मनपराउनुहुन्थ्यो जुन लागेको रात मनपराउनुहुन्थ्यो साँ´ वर्षा क्रृतु मनपराउनुहुन्थ्यो । बाल्यकालको दिदीको सम्झना न्यास्रो पोख्दै सुकन्याले 'सारै रहरी एक्लैएक्लै पनि घरबाट निस्कनुहुन्थ्यो' भन्नुभयो ।
सुकन्याले बाल्यकालमा एक्लै र कतिपय ठाउँहरु साथीसंग पनि मिलेर धेरै ठाउँहरु पारिजातले घुमेको कुरा बतउनुभयो । पारिजातका लागि ती लेखनका श्रोतहरु भयो ।

पारिजातको सुरुका रचनाहरु विचारधाराको हिसाबमा कम्जोर मानिन्छ । पछिसम्म पनि यस्तै विचारधारामा लेख्नुभएको भए विष्णुकुमारी वाइबा न्वरानको नाम पारिजात हुनसक्नुहुन्थेन । लेखनको निम्ति विचार पनि त स्पष्ट हुनुपर्छ । पारिजातले विचार कसरी निर्माण गर्नुभयो होला आध्ययन र असल सङ्गतबाट नै परिजातले आफ्नो कृतिमा निमुखाहरुलाई माया गर्न सिक्नुभएको भन्ने सुकन्याको भनाइ छ । मिर्मल लामा मोहनबिक्रम निनु चापागाई गोविन्द भट्ट लगायत आरु थुप्रैको सङ्गतले उहाँ प्रगतिवादी हुनुभयो । दिदीहरुको राल्फा समुह थियो । दिदीको लागि विचारनिर्माणको थलो यही भयो । निनु चापागाई रायन रामेश माजुल र पारिजात दिदीहरु एकआपसमा अध्ययन छलफल गर्ने गर्नुहुन्थ्यो । उनीहरु कविता लेख्नको लागि बिम्ब र प्रतीक प्रयोग गर्ने होडबाजी नै गर्थे । यही पिरियडदेखि दिदीले बलियो बिचार बनाएर फुत्त प्रगतिबादी धारमा आउनुभयो । यसैले दिदीलाई पारिजात बनायो ।
लेखकहरुको लेख्ने शैली आआफ्नै प्रकारको हुन्छ । कतिपयलाई एकान्त चाहिन्छ परिस्कार गरिरहनुप पर्छ । तर पारिजातलाई एकान्त पनि चाहिन्थेन परिस्कार पनि गरेको थाहा नभएको बताउनुहुन्छ सुकन्या । पारिजातको ख्वारख्वार लेख्ने बाँनी थियो । त्यो कसरी सम्भब भयो ुपहिले दिमागमा कथाको प्लट बनाउँछु सोच्छु अनि ख्वार्र लेख्छु भनेर दिदीले भनेको कुरा सुकन्याले सुनाउनुथयो ।
घुमपिर गर्न औधी मनपराउनुहुने पारिजात आफ्नो रहरलाग्दो उमेरमै 'रिह्युमाटोएड आर्थि्रटिज' नामको हाडजोर्नी रोगका कारण पारिजात थला पर्नुभयो । त्यसपछि पनि उनले हुइल चियरमा बसेर कतिपउ ठाउँ घुम्नुघयो । वौद्धिकवर्गसंग जसरी कुराकानी गर्नुहुन्थ्यो त्यतिकै सर्वसाधारण व्यक्तिहरुसंग पनि कुराकानी गर्ने बाँनी पारिजातमा थियो । ज्यमी किसान तथा गाउँघरबाट आएका मानिसहरुसंग बसेर घन्टौँ दुःखसुखका कुराहरु गर्नुहुन्थ्यो । तीनै व्यक्ति र उनीहरुको दुःखलाई समेटेर पारिजातले कथा बनाएको कुरा सुकन्याले सुनाउनुभयो । उनीबाट पारिजातका रचनामा धारीङतिरका धेरै पात्र भएको कुरा थाहा भयो । 'सिटी हलको बूढो ज्यामी साह्रै दुःख पाएको व्यक्ति हो विचरा ! ती अझै छ होला' पारिजातका कृतिभित्रका पात्रहरुप्रति सहानुभुति देखाउँदै सुकन्याले सुनाउनुभयो ।

राम्री लाग्यो नुवाकोटकी गोरीमाया
साँच्चै राम्री छे नुवाकोट चिन्डे गाउँकी गोरीमाया । लाम्चिलो गोलो अनुहारमा सानासाना आँखा पाकेको आरुबखडाजस्तो ओंठ भएकी यी तामाङ्नी केटी शारीरिक रुपमा जति राम्री थिई आहा ! त्योभन्दा राम्रो त उनको सङ्घर्षशील जीवन छ । हाँसूहाँसू लाग्ने आफ्नै कल्पनाले आफूलाई काउकुति लाग्ने १६ वर्षकी उनको सुन्दर उमेरको गाउँभरि प्रशंसा हुन्थ्यो । गरिबकी छोरी थिई । कार्की परिवारका धनी छोरोसँग उनको विवाह भयो । तर गरिबी र गैरजातिसँग विवाह गरैकै कारणले दाम्पत्य जीवन सुखद् रहेन । विवाह उनको लागि अभिशाप भयो । अछूतको सास्ती त व्यहोर्नु पर्योपर्यो आफ्नै बहुला श्रीमान् कृष्णे कार्कीले पनि कुट्न थालेपछि उनको मन थाम्ने ठाउँ रहेन । त्यसकारण आधा रातबीच चिहानघारीको बाटो हुँदै जन्मथलो फर्किन् गोरीमाया । गाउँलेहरुले घर गर्न नसक्ने भनेर उल्टै गोरीमायाको कमजोरी देखाए ।
गोरीमायाको बा घ्याबरिङ बुढालाई छोराले छाडेको पनि धेरै भयो । श्रीमती मरेकै ५/६ वर्ष भइसक्यो एक्ली छोरी पनि यो हालतमा आइपुगी । चिन्ताले पिरोलिएको देख्दा बुबाको मन राख्न खोज्थी गोरीमाया । उनी सारा गाउँलाई नै सिनो गनाइरहेको उजाड देख्छिन् । सहानुभूति दिने मान्छेहरु गाउँमा भए पनि आफ्नै जन्मथलोमा बस्न पटक्कै मन थिएन उनलाई ।
साहेब्नी चन्द्रकान्ता अर्थात् डीएसपी भीष्मबहादुर आलेको घरमा काम गर्ने केटीको खोजी गर्ने क्रममा छ्यामाको छोरो साइँला दाइ काठमाडौँबाट आइपुग्यो । महिनाको ४० रुपियाँ पाइने आसमा उनी साइँला दाजुको आड लागेर काठमाडौँ पुग्छे । बानेश्वरको डीएसपीको शानदार घरमा घरधन्दा गर्न गोरीमाया आइपुगिन् । पहिलोपटक तन्ना ओछ्याएको खाटमा यहीँ हो उनले सुतेको । उनकी साहेब्नीको इतिहास पनि गजबकै छ । दार्जेलिङको गल्छेडोमा अवैध धन्दा गरेर बस्थी । आफूले जन्माएको छोरो लालबहादुरको बाबु को हो साहेब्नी चन्द्रकान्तालाई नै थाहा थिएन । उनलाई डीएसपी भीष्मबहादुरले छोरो बनाएका थिए । चन्द्रकान्ता लालबहादुर र भीष्मबहादुरको तीनजनाको परिवारमा गोरीमाया थपिएपछि चारजनाको परिवार भयो । डीएसपी कहिलेकाहीँ मात्र घरमा ´ुल्किन्थे ।
लालबहादुर अल्पभाषी तर साहुनी फतरफतर बोल्थी । मान्छे कामले मर्दैन खानले मर्छ भन्दै साहेब्नीले गोरीमायालाई काम सिकाउँथी । गाउँमा घाँसदाउरा गर्दागर्दा खारिएकी गोरीमायाले घरको काम त एकैछिनमा सिनित्तै पार्थी । उनलाई त्यो घरमा कुनै किसिमको अप्ठ्यारो परेको थिएन ।
लालबहादुर र उनका साथीहरु प्रगतिशील विचारधाराका थिए । उनका बाबु आले साहेब डीएसपी थिए । एउटै घरमा विपरीत विचारधाराका प्राणी थिए । अर्थात् भूमिगत राजनीतिमा लागेका छोरा र निरङ्कुश पाचायती सरकारका इमानदार सेवक आले साहेब जो आफ्नै साथीहरुबाट मारिए र हत्यारा लुकाइयो ।
पूर्व पाँचथर जिल्ला याशोक गाउँकी लिम्बुनी सुवानी साङ्गठनिक कामको सिलसिलामा प्रायः लालबहादुरलाई भेट्न आउँथी । उनी पढ्न भनेर काठमाडौँ छिरेकी थिई । तर पढाइ छोडेर भूमिगत विद्यार्थी राजनीतिमा लागिन् । सुवानी लालबहादुर एमआर र प्रदीप तीनैजना २०३५/३६ सालको विद्यार्थी राजनीतिका केन्द्रीय पात्रहरु हुन् । विद्यार्थीआन्दोलनकै कारण सरकार जनमतसङ्ग्रह घोषणा गर्न बाध्य भयो । सुवानीकै सङ्गतले गोरीमाया राजनीति र शोषणजस्ता कुराहरु बुझ्न सक्ने भइसकेकी थिई । गोरीमायासँग सामाजिक दुखेसोको पोका जति ठूलो छ त्यस्तै राजनीतिक आन्दोलनमा हिँड्दा खेपेको दुःखको पोको सुवानीसँग छ । यस उपन्यासको केन्द्रीय पात्र उनै सुवानी हुन् । उनको घरमा सम्बन्ध बिग्रेको छ । छोरालाई जस्तो छोरीलाई राजनीति गर्न सजिलो छैन । थुप्रैले कुरा काटेर हिँड्छन् । अत्यन्त स्वाभिमानी छिन् उनी । एक दिन उनी बलात्कृत हुन्छे । घटनाको भोलिपल्ट पत्रपत्रिकामा ठूलै खैलाबैला मच्चिन्छ । कार्यकर्ताहरु आफ्नो नेतामाथि भएको यस्तो अपमानको विरुद्धमा आगॊ हुन्छन् । यही घटनाले सुवानी मानसिक रुपमा कमजोर हुन्छे । सान्त्वना दिनका लागि उनको कार्यक्षेत्र तराईतिर पारिन्छ ।
लालबहादुर सहिद भइसकेका छन् । आले साहेबको पनि सुकुम्बासी आन्दोलनमा सङ्कास्पद ढङ्गले मृत्यु भइसकेको छ । अहिले गोरीमाया बसेको घरमा शून्यता छाएको छ । चन्द्रकान्ता जस्तोसुकै दुःखमा पनि हाँस्न सक्ने मान्छे छोरो र श्रीमान् को मृत्युपछि निराश भएकी छे । गोरीमायालाई यो घरप्रति खुब श्रद्धा छ । आफ्नो बिरामी बुबाको सुर्ता जति गर्थी त्यतिकै सुर्ता गॊरीमायालाई यो घरको छ ।
'अनिदो पहाडसँगै'पारिजातको पढ्नैपर्ने उपन्यास हो । यो पुस्तक समाजमा भएका अन्यायअत्याचारको विरुद्ध उभिएको छ । गोरीमाया र सुवानी यस उपन्यासका आदर्श नारी पात्र हुन् । लालबहादुर एमआर तथा प्रदीपजस्ता पात्रहरुको पनि कम भूमिका छैन । उनीहरुको सङ्घर्पशील जीवन युवाहरुको प्रेरणाको स्रोत हो ।
चौथो प्रकाशनको समेत तयारी हुँदैगरेको यो उपन्यास नर पल्लबले अङ्ग्रेजीमा अनुवाद गरेका छन् । गोरखापत्र दैनिकको राई चाम्लिङ भाषामा पनि नियमित प्रकाशन हुँदै आएको छ ।
पारिजात शारीरिक रुपमा कमजोर थिइन् । तर त्यसले उनको साहित्य साधनामा कुनै असर गरेन । कथाकार उपन्यासकार संस्मरणकार नाटककार निबन्धकार र कविका रुपमा हामी पारिजातलाई चिन्दछौँ । पारिजातले थुप्रै साहित्यिक कृतिहरु रचाना गरेका छन् । उनका तीनतीनवटा कवितासङ्ग्रह र आत्मसंस्मरणात्मक पुस्तक एकएकवटा निबन्ध र नाटक चारवटा कथासङ्ग्रह र १० वटा उपन्यास प्रकाशित छन् । यी रचनाहरु प्रायः सबै राम्रा छन् । त्यसमध्ये यो 'अनिदो पहाडसँगै' युवाहरुले पढ्नै पर्ने पुस्तकभित्र पर्दछ ।

Subscribe to:
Posts (Atom)