Thursday, April 29, 2010

आङा लाम

आम्का पापामामाचीवा पाढेकाको
चुङ् पुङ्खा ओको लाम
ओको लामनाका काँलई लाम्थिमा आस्काला
ओको लामनाका लाम्थिइँ नाखो मत्तै
काँ धालो चुङ्दा छुमा चापुइँ
आङा वैनीध्यौ !
फ्वोदानीच्यौ काँलई धालो छुमा ।

आङा ला प्लिमा पाचाम्नो
सोपा सेत्युनो लाम्था
काँ ह्युङ्खा घिम होटाखाटाको हिङे
सोपा होत्युनो लाम्था
आङा बोखा माखाटाको हिङे
सोपा खुस्युनो पुद्यु
ओको पाइना नाखो
आङा बुलिम पापोरो
ओको पाइना नाखो
काँ धालो छुमा पाचाम्नोँ
ओस्पा काँ दोसीदा लासिदिँवाको हिङ्इँ
धालोधालो चुङ्दा छुमा काँलई पुनि आस्काल्यो
आङा वैनीध्यौ !
फ्वोदानीच्यौ काँलई धालो छुमा ।

ओको लाम
आङा छेप्पाछेम्मा मिलाम्थाचीको
आङा मामापापा मिलाम्थाचीको
देनो काँ लाम्थिमा पाचाम्नो
सोपा होत्युनो पुसा
काँ पुनि ओको लाम
लाम्थिमा आस्कालाको हिङ्इ
आङा वैनीध्यौ !
फ्वोदानीच्यौ काँलई धालो छुमा ।

कै ओहिङ्पाची
दोसी लासिन्दीको हिङाच्के
कै ख्रुम्मालई
आम्का ला पोर्मा तिरे
आम्का रिलुङ् पोर्मातिरे
आम्का नुङ्दा हैखामा तुर्मातिरे
कै ख्रुप्सिए नाखो मत्तै
आम्का पापामामाचीवा पाढेकाको
चुङ् पुङ्खा ओको लाममो नुङ्
ङैमा चापुमे आम्का हैखामामो नुङ् ङैमा
काँ पुनि ओको लाम
लाम्थिमा आस्कालाको हिङ्इ
धालोधालो चुङ्दा छुमा
आङा वैनीध्यौ !
फ्वोदानीच्यौ काँलई धालो छुमा ।

सिर्कना

सिर्कनाले हाचा गर्दै
नेपाली सर कोठामा छिरेपिछ
छपक्कै मिलेर बस्थ्यौँ
डरसरिको सास लुकाएर ।

अंग्रेजी नजान्नेले
आफ्नै आगनमा शीर खसाएझैं
भाषा नमिलेर
खुकुरीको चित्रकलालाई 'दाब्या' भन्दा
सबैले हाँसेपिछ
लाजले पढ्दिन भनेको थिएँ आफ्नै आमालाई ।

पिँजडाबाट उम्किएको चरीजस्तै खुसी भएर
स्कुलमा टिफिनको घन्टी बजेपिछ
किताबको भारीसंग फाल मार्दै आएर
आमाको पोल्टाभरि आफ्नै लवजमा
ढुक्कको सास फेर्दा कम्ता रमाइलो लाग्थेन ।

राष्ट्रिय धर्म हिन्दु भन्न नजान्दा
राष्ट्रिय भाषा नेपाली भन्न नजान्दा
सिर्कनाको सुम्ल्याइ सहन नसकेर
साथीभाइकै अघि तुरुक्कै रुइदिएको छु
अझै पनि बिरामी हुन्छु सिर्कना देखेँभने ।

राजाको सिँदुर पहिरिनेले
हवाइजहाज चढ्न पाइन्छ भन्दै
आमाले फुकाएपिछ
गोरखापत्रको खोल हालेको
राजाको फोटो भएको
महेन्द्र मालालाई कख्याएर स्कुल पुग्थेँ
लाम बस्दा भाँती पुर्र्याएर
'श्रीमान् गम्भीर नेपाली …' कण्ठस्त मुखाग्र सुनाउनलाई ।

दाब्या = खुकुरी

कठिनाको पहाड

आगोको ज्वालामा खेल्ने
शिखा टिपेर दिन्छौ भने
अस्मिता टेकेर उभिएमो कठिनाको पहाड
फुट्ट कटाएर लैजान्छु तिमीलाई
छाप्रोहरुको आफ्नै दुःखी संसार
विहान बोकेर तिमीहामी संगै हिँड्नुपर्छ
तिमीले शिखा टिपेर कपालमा खिल्नुपर्छ ।

आँसु बग्ने अनुहारका धर्सा धर्सा र बलेसीहरु
तिमीलाई’नि हिँड्न सिकाउँला
जोखिम टाँगिएको कठिनाको पहाडमाथि
पहाडै उठाएर हिँडिरहेको
ताँतीका ताँती भरियाहरु हेरौँला
बिहान बोकेर तिमीहामी संगै हिँड्नुपर्छ
तिमीले शिखा टिपेर कपालमा खिल्नुपर्छ ।

ढाकर बोकेर बेसाहाको बाटो हिँडेका
भोको देशका देवताहरुसंग
नक्कली नागरिकता हुँदैन
कालापानीबाट छिर्नै सक्दैन
सुस्ताबाट’नि छिर्न सक्दैन
महँगोमा बेसाएका गहुँका दानाहरु
धाकरको चुली चुल्याएर
भिरैभिर हिँड्ने दुःखी देबताहरुसंगै बसम्ला
तिमीले कठिनाको पहाड चिन्नु पर्छ
तिमीले शिखा टिपेर कपालमा खिल्नुपर्छ ।

तिमीलाई यहाँबाटै देखाइदिन्थेँ
छाप्राहरुको आफ्नै संसार
छेकिहाल्छ कठिनाको पहाडले
दक्षिणतिरै मोहडा फर्काएर उभिएको
कति हेर्नु यो छली कठिनाको अनुहार
कोही बहादुर जन्मिएन र त होला
हजुरबाको पालाको दुःख
नातिको थाप्लोमा नाम्लोले बेरिरा’छ
तिमी शिखा बोकेर हिँड्नु
हामीले नि आगोको झिल्का टाँग्नुपर्छ
तिमीले शिखा टिपेर कपालमा खिल्नुपर्छ ।